संसदीय समितिले पाउने भए नेतृत्व, भदौ ११ गते निर्वाचन

काठमाडौं । अन्तत: संसदीय समितिले नेतृत्व पाउने भएको छ । नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि समय तय भएको छ ।
बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सभापतिहरू निर्वाचित नहुँदा संसदका समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा भइरहेको थियो । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन भएका छैनन् ।
सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया