‘कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज यहाँ आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उनले अब आर्थिक क्रान्ति कांग्रेसको मूल एजेण्डा हुनुपर्ने बताएका हुन् । उनले जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नुपर्ने बताए ।
पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्नसकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरे । “कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने,” उनले भने । कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गरे ।
कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राखे । उनले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बाँनिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेलगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया