अब अनलाइनबाटै ‘बस टिकट’
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल ९टिवान०ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो ।
यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । “आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यस एप्समार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सकिनेछ ।”
हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।
टिवानले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस सञ्चालन गर्ने तयारी थालेको उनले बताए । उनका अनुसार हाल काठमाडौँमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित सडकबाट सञ्चालन हुँदै आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया