शिवम् सिमेन्ट ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड-२०२३’ बाट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड-२०२३’ बाट सम्मानित भएको छ ।
शुक्रबार काठमाडौंमा ग्रोथ सेलरले आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड’ र शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल ‘इन्डिभिजुयल सेल्स अवार्ड २०२३’ बाट सम्मानित भएका हुन् ।
यसअघि पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक ‘एन.एस क्वालिटी अवार्ड-२०१९’ प्रथमबाट सम्मानित भईसकेको छ । त्यस्तै शिवमले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड पनि प्राप्त गरेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसि सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओपिसि सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमासमेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI), URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले भौतिक विकास निर्माणमा निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया