शिक्षक बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन आह्वान गरेको छ । देशभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीअनुसार विभिन्न तह र श्रेणीमा कार्यरत शिक्षकहरूको आन्तरिक परीक्षा र कार्यसम्पादन मूल्यांकनबाट बढुवा गर्न आयोगले आवेदन आह्वान गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार २५ प्रतिशत आन्तरिक प्रतियोगिता र ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने गरी आवेदन आह्वान गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, आवेदन आयोगको आधिकारिक बेवसाइटमार्फत पेश गर्न सकिनेछ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया