NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । सोमबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँ एक सय कायम भएको छ ।

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैँया कायम रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।