भाजपा फेरि सत्तामा आए निरंकुश शासनको सामना गर्नुपर्छ: ममता बनर्जी
काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी तेस्रो पटक सत्तामा आए देशले निरंकुश शासनको सामना गर्नुपर्ने बताएकी छन् ।
समाचार संस्था पीटीआईकाअनुसार उनले भाजपाले डिसेम्बर वा जनवरीमा लोकसभा चुनाव गराउन सक्ने दावी गरेकी छन् ।
‘यदि भाजपा तेस्रो पटक सत्तामा आयो भने, देशले निरंकुश शासनको सामना गर्नुपर्नेछ,’ उनले भनिन्, ‘मलाई डर छ कि भाजपाले डिसेम्बर वा जनवरीमा लोकसभा चुनाव गराउन सक्छ ।’
ममताले भाजपाले चुनावी अभियानका लागि सबै हेलिकप्टर बुक गरिसकेको दाबी पनि गरेकी छन् ।
उनले भाजपाले देशमा समुदायहरूबीच घृणा फैलाएको आरोप लगाउँदै भाजपा फेरि सत्तामा फर्किए देशलाई घृणाको देश बनाउने बताईन् ।
ममता तृणमूल कांग्रेसकी प्रमुख हुन । बर्नर्जी पश्चिम बङ्गालको पहिलो महिला मुख्यमन्त्री पनि हुन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया