NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सय रूपैयाँमा कारोबार भएकाे सुनको मूल्य आज ताेलामा आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सय ५० रूपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष