NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सेवाग्राहीको सुन समातेर उल्टै घुस लिने डिएसपी ठगबहादुरविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक(डिएसपी) ठग बहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले हाटबजार नजिकै सेवाग्राहीको सुन समातेको र उक्त सुन फिर्ता गर्न माग गर्दा उल्टै रकम मागेको भन्दै उजुरी परेको थियो । केसीलाई प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो ।

सोही उजुरीमाथि अनुसन्धान गर्दा ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएको र कार्यालयका कर्मचारीलाई जानकारी नै नगराई गोप्य राखेको पाइएको छ ।

१५ दिनसम्म गोप्य रुपमा सुन आफैंसँग राखेर उनले सेवाग्राहीसँग घुसको मोलमलाई गर्दै कुल १८ लाख रुपैयाँ(८ लाख ५० हजार नगद र ९ लाख ५० हजार चेक) लिएको अनुसन्धानमा पुष्टि भएको छ ।

उनलाई १८ लाख रुपैयाँ बिगो कायम गर्दै कैद सजायको मागसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।