NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

के हुन् क्वाँटी खानुका फाइदा ?

काठमाडौं । आज जनै पूर्णिमा । आजको दिन जनै र डोरो बाहेक क्वाँटीको लागि पनि विशेष छ । आजका दिन नौथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

त्यसो त क्वाँटी जनैपूणिर्माको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ ।

क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने गर्दछ ।

यी हुन् क्वाँटीका फाइदा
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।

पाचनशक्ति मजबुद बनाउनुका साथै पाचनमा सुधार ल्याउँछ ।

मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ ।

सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ ।

यसको सेवनले कोलेस्ट्रोल नियन्त्रित हुने गर्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।

बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ ।

रक्तअल्पता कम गर्ने तथा तौल कम गराउँछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष