के हुन् क्वाँटी खानुका फाइदा ?
काठमाडौं । आज जनै पूर्णिमा । आजको दिन जनै र डोरो बाहेक क्वाँटीको लागि पनि विशेष छ । आजका दिन नौथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
त्यसो त क्वाँटी जनैपूणिर्माको दिन वा अघिल्लो दिन मात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर हाम्रा दैनिक खानामा हुनु आवश्यक छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ ।
क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने गर्दछ ।
यी हुन् क्वाँटीका फाइदा
रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ ।
पाचनशक्ति मजबुद बनाउनुका साथै पाचनमा सुधार ल्याउँछ ।
मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्ट्रोल नियन्त्रण गर्छ ।
सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ ।
यसको सेवनले कोलेस्ट्रोल नियन्त्रित हुने गर्छ ।
शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ ।
बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्याउँछ ।
रक्तअल्पता कम गर्ने तथा तौल कम गराउँछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया