NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

हेटौंडा-काठमाडौं सडक पुससम्म निर्माण हुन्छ: मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उहाँले दाबी गर्नुभयो । प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ ।

जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ । मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए ।

उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए ।