प्राधिकरणले भन्योः १५ दिन भित्र बक्यौता महसुल बुझाउनु

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बाँकी रहेका उपभोक्तालाई विद्युत महसुल बुझाउन १५ दिने सूचना जारी गरेको छ ।
प्राधिकरणबाट डेडिकेट तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरेका र त्यस बापतको विद्युत महसुल भुक्तानी गर्न बाँकी भएका उपभोक्ताहरुलाई १५ दिनभित्र महसुल बुझाउन सूचना जारी गरेको हो ।
प्राधिकरणले उपभोक्ताहरुलाई बाँकी रहेको महसुल बुझाउन पटकपटक पत्राचारसमेत गरेको भएपनि हालसम्म पनि नबुझाएको जनाएको छ । प्राधिकरणले किस्ताबन्दीको सुविधासमेत दिइएको छ । तोकिएको समयभित्र बक्यौता महसुल नबुझाएमा कारबाही गरिने प्राधिकारणले चेतावनी दिएको छ ।
हेराैं सूचना :
प्रतिक्रिया