अन्ततः बालेनले हटाए विवादास्पद स्ट्याटस
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले आफ्नो विवादास्पद स्ट्याटस हटाएका छन् ।
ट्राफिक प्रहरीले शनिबार राति उनको पत्नी सवार काठमाडौं महानगरपालिकाको गाडी नियन्त्रणमा लिएर चालकसँग केहीबेर सोधपुछ गरेपछि बालेनले स्ट्याटस लेखेर निकै उग्र, उत्तेजक र अराजनीतिक अभिव्यक्ति दिएका थिए । उनले स्ट्यासटमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिँदै सरकारलाई ‘चोर’ भनेका थिए ।
सामाजिक सञ्जालमा आफूले दिएको अभिव्यक्तिलाई लिएर आलोचना चुलिएपछि बालेनले त्यसलाई हटाएका हुन् ।
बालेन यसअघि पनि आफ्ना कतिपय अभिव्यक्तिले आलोचित बन्दै आएका थिए । तर उनले यसरी आफ्ना अभिव्यक्ति फिर्ता लिएको भने यो पहिलो घटना हो ।
बालेनले स्ट्याटस हटाए पनि आफ्नो अभिव्यक्तिबारे भने केही बोलेका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया