अन्ततः बालेनले हटाए विवादास्पद स्ट्याटस

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले आफ्नो विवादास्पद स्ट्याटस हटाएका छन् ।
ट्राफिक प्रहरीले शनिबार राति उनको पत्नी सवार काठमाडौं महानगरपालिकाको गाडी नियन्त्रणमा लिएर चालकसँग केहीबेर सोधपुछ गरेपछि बालेनले स्ट्याटस लेखेर निकै उग्र, उत्तेजक र अराजनीतिक अभिव्यक्ति दिएका थिए । उनले स्ट्यासटमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिँदै सरकारलाई ‘चोर’ भनेका थिए ।
सामाजिक सञ्जालमा आफूले दिएको अभिव्यक्तिलाई लिएर आलोचना चुलिएपछि बालेनले त्यसलाई हटाएका हुन् ।
बालेन यसअघि पनि आफ्ना कतिपय अभिव्यक्तिले आलोचित बन्दै आएका थिए । तर उनले यसरी आफ्ना अभिव्यक्ति फिर्ता लिएको भने यो पहिलो घटना हो ।
बालेनले स्ट्याटस हटाए पनि आफ्नो अभिव्यक्तिबारे भने केही बोलेका छैनन् ।
ताजा अपडेट
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
प्रतिक्रिया