NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

संसद्मा उठ्यो सिमा क्षेत्रमा बाढीले बगाएका पिल्लर मर्मतको माग

काठमाडौं । सांसद अब्दुल खानले सिमा क्षेत्रमा बगाएको र हराएका स्तम्भको मर्मत कार्य तत्काल सुरु गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो एक दशकमा आफ्नो गृह जिल्ला बर्दियाको नेपाल भारत सिमा क्षेत्रबाट ३५ वटा सीमा स्तम्भ हराएको बताए ।

गत २८ साउनमा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका १० स्थित ६७१ नम्बर अभिलिख ७ नम्बरको पिलर गायब भएको जानकारी संसदमा गराएका छन् ।

विभिन्न समयमा आएको बाढीले एकै जिल्लाको ३५ वटा पिल्लर बगाउँदा पनि अहिलेसम्म सरकार मौन बसेको उनले बताए । यसमा सम्बन्धित निकायले तदारुकता देखाउनका लागि उनले अनुरोध गरेका छन् ।

सीमा स्तम्भको बगाउने र हराउने समस्याको निदानका लागि तत्काल काम सुरु गर्न माग गरेका छन् ।

त्यस्तै बढ्दो भ्रष्टाचारले सबै क्षेत्र गम्भीर घाइते अवस्थामा रहेको छ । राजनीतिक भागवण्डामा हुने नियुक्ति लोकसेवाबाटै गर्न पनि उनले सुझाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष