संसद्मा उठ्यो सिमा क्षेत्रमा बाढीले बगाएका पिल्लर मर्मतको माग
काठमाडौं । सांसद अब्दुल खानले सिमा क्षेत्रमा बगाएको र हराएका स्तम्भको मर्मत कार्य तत्काल सुरु गर्न माग गरेका छन् ।
आज प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो एक दशकमा आफ्नो गृह जिल्ला बर्दियाको नेपाल भारत सिमा क्षेत्रबाट ३५ वटा सीमा स्तम्भ हराएको बताए ।
गत २८ साउनमा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका १० स्थित ६७१ नम्बर अभिलिख ७ नम्बरको पिलर गायब भएको जानकारी संसदमा गराएका छन् ।
विभिन्न समयमा आएको बाढीले एकै जिल्लाको ३५ वटा पिल्लर बगाउँदा पनि अहिलेसम्म सरकार मौन बसेको उनले बताए । यसमा सम्बन्धित निकायले तदारुकता देखाउनका लागि उनले अनुरोध गरेका छन् ।
सीमा स्तम्भको बगाउने र हराउने समस्याको निदानका लागि तत्काल काम सुरु गर्न माग गरेका छन् ।
त्यस्तै बढ्दो भ्रष्टाचारले सबै क्षेत्र गम्भीर घाइते अवस्थामा रहेको छ । राजनीतिक भागवण्डामा हुने नियुक्ति लोकसेवाबाटै गर्न पनि उनले सुझाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया