संघीय निजामती सेवा विधेयक भोलि पारित हुँदै
काठमाडौं । सरकारले भोलि बुधबार संघीय निजामती सेवा विधेयक पारित गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना छ ।
प्रधानमन्त्री प्रचण्डका अनुसार उक्त विधेयकलाई सरकारले परिमार्जन गरेर अन्तिम रूप दिइसकेको छ ।
लामो समयदेखि अड्किएको उक्त विधेयक ऐन बनेर नआउँदा सेवा प्रवाहका धेरै विषयहरू प्रभावित भएका छन् ।
राष्ट्रिय सभामा आज ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ माथि छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले संविधान अनुकूल कानुन यथासिघ्र बनाउन माग गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया