१३९ दिनदेखि सहसचिव सम्पर्कविहीन

काठमाडौं । नेपाल सरकारका एक सहसचिव १३९ दिनदेखि सम्पर्कविहीन भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा. कमलराज गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन् ।
बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि मन्त्रालयले उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।
बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार ३५ दिनको समय दिएर उनलाई सफाइ पेश गर्न भनिएको मन्त्रालयले जनाएको छ । अन्यथा कानूनबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नदिएमा वा सम्पर्कमा नआएमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया