NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

विशेष अदालतले गरेका फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । विशेष अदालतका फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।

विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार पुनरावेदन हुने मुद्दामा रविन्द्र नाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको आरोप छ ।

यसैगरी, गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये नक्कली स्थायी अध्यापन अनुमति पत्र र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बनधी मुद्दामा आयोगको निर्णय अनुसार भदौ १८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।