देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन

काठमाडौँ । देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसनसहित एकसाथ ५१ वटा चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।
यी चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै विद्युतीय सवारी चढ्नेलाई सहज हुनेछ । यी चार्जिङ स्टेशन नेपा विद्युत प्राधिकरणले निर्माण गरेको हो ।
प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो । सोहिअनुसार निर्माण गरिएका चार्जिङ स्टेशनको बुधबार उद्घाटन भएको हो ।
अत्याधुनिक किसिमका यी चार्जिङ स्टेसनहरु प्राधिकरणको लगानीमा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नर्वे सरकारको सहयोगमा सञ्चालनमा आएको होे । चार्ज गरेपछि ग्राहकले क्यूआरकोड र मोबाइल एपबाटै भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
आजबाट धार्के, मुग्लिङ, बल्खु, पुल्चोक, रत्नपार्क, भृकुटिमण्डप, चितवनको पारस बसपार्क, खुर्कोट, सिन्धुली बसपार्क, बर्दिबास, हरिवन, इनरुवा बसपार्क, लाहान, पोखराको मालेपाटन, पोखराकै पर्यटक बसपार्क, दमक बसपार्क, बेलका नगरपालिका, बिर्तामोड बसपार्क, सुर्खेत बसपार्क, हेटौंडा, खरिपाटी, सामाखुसी, बेगनास ताल, बसटवल, इटहरी, विराटनगर, कोहलपुर नयाँ बसपार्क, धनगढी, त्रिशुली हावा घर, बट्टार, कुश्मा, लमही बसपार्क र लम्कीमा स्टेसन सञ्चालनमा आएको हो ।
निजी क्षेत्रले समेत चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् ।
प्रतिक्रिया