अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो
एजेन्सी । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ ।
उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रुपमा बाँझपन हुनाका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्यु समेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन् ।
मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध आजदेखि हटाइएको भेटेनरी सेवा विभागले एक विज्ञप्ति निकालेर बताएको छ । अष्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
इन्डोनेसियाका अधिकारीहरूले पहिले नै १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए । अष्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गर्दै त्यसलाई अस्वीकार गरेका छन् ।
साथै उनले उक्त रोगबाट अष्ट्रेलिया मुक्त रहेको बताएका छन् । मलेसियाले अष्ट्रेलियाबाट वर्सेनि करिब ५५ लाख डलर बराबरको गाई–भैंसी आयात गर्दै आएको छ । आयात प्रतिबन्ध हटाइएको निर्णयले उद्योग र सबै मलेसियालीहरूलाई राहत मिल्ने विश्वास मलेसियाली भेटेनरी सेवा विभागले व्यक्त गरेको छ ।
अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो । गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियोभने यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया