खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम नपाल्नु: रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदको अर्को बैठकमा पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण भएको घटनाको सत्यतथ्यसहितको विवरण लिएर आउन भनेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा लेखकले भने, ‘म गृहमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु ।’
पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता भए सत्य तथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।
उनले यो आक्रमण सामान्य घटना नभएको बताए । उनले खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गरे ।
लेखकले कांग्रेस लोकतन्त्रका पक्षमा अविचलित रुपमा उभिएको पर्वत भएको भन्दै पहाडसँग जुध्ने टाउकाहरु फुट्ने तर पहाड नफुटने बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया