आज निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [नामावलीसहित]
![आज निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने उत्कृष्ट कर्मचारी [नामावलीसहित]](https://nepalwatch.com/wp-content/uploads/2022/02/sanghiya-mamila-mantralaya-e1645101369342.jpg)
काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
निजामति सेवा नियमावली, २०५० को नियम ११६क बमोजिम आज उत्कृष्ट निजामति सेवा पुरस्कार र निजामति सेवा पुरस्कार प्रदान गरिने भएको छ । जसमा दशजना उत्कृष्ट निजामति सेवा पुरस्कारका लागि छनोट भएका छन् भने तीसजना निजामति सेवा पुरस्कारका लागि छानिएका हुन्।
प्रतिक्रिया