NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नाडा अटो शोमा ‘फोर्स अरबानीया’ लन्च हुदै, के-के छन् विशेषता ?

काठमाडौं । ‘नाडा अटो शो २०२३’ मा  ‘फोर्स अरबानीया’ लन्च गरिने भएको छ ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले अटो शोमा फोर्स कम्पनिको अरबानीया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण गर्ने भएको हो ।

फोर्स अरबानीया भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित यो बस नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार माइक्रोबस कार जस्तै आरामदायी र सूबिधाजनक रहेको छ । विशेष गरी याे बस पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतीक निकायहरु,सरकारी तथा गैर सरकारी संस्थाहरुका लागी उपयूक्त हुने देखिएको छ ।

माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको हो । अरबानीया सुरक्षाका दृष्टीकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल कम्पनीकाे दाबी छ ।

ड्युल एअर ब्याग यूक्त यस गाडी मा एरोडाइनामीक क्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन ,स्टाइलीस डि आर एल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए/सी सीस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग ,हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था भएको,सेन्ट्रलडोर लकीङ्ग वीथ रिमोट किलेस इन्ट्री , हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलोमी होम फिचर, कोल्यापसीबल स्टेरीङ्ग कोलुम आदी जस्ता अत्याधुनीक बिषेशताहरु यस बसमा रहेको छ साथै लेटेस्ट जेनेरेशनको एबीयस तथा इएसपी  जस्ता अन्य आधुनिक सुरक्षा प्रणालीसमेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछी पुन यात्राका लागी रोजाइमा पर्ने कम्पनीको भनाई रहेको छ । स्लाइडीङ्ग डोरसहितको तिन ढोका यूक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ ।

सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागी फ्रन्ट बम्पर डिजाइन , कुनै दुर्घटना भैहालेमा पनी हेड इन्जुरी कम होस भन्नका लागी त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरीएको छ ।

गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुनेसमेत कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले याे बस नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधासमेत उपलब्ध गराउने भएकाे छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु छन् ।