NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

विदेशीसँग बिहे गर्ने माननीयहरू

काठमाडौं । संघीय संसदका केही सांसदहरूले विदेशीसँग विवाह गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने कतिपय माननीय त बहुविवाहवाला छन् ।

एमालेबाट समानुपातिक सांसद एकनाथ ढकालले फिलिपिनी नागरिक ब्लेसी गाडन ढकालसँग बिहे गरेका छन् । ढकाल दम्पतीबाट २ छोरी छन् ।

उदयपुर १ बाट निर्वाचित कांग्रेस सांसद नारायण खड्काले क्यानडेली नागरिक डा. इसाबेला वासियानासँग बिहे गरेका छन् । उनीहरूको एक छोरी छिन् ।

नवलपरासी पूर्वबाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वमहामन्त्री शशांक कोइरालाले थाइल्यान्डकी नागरिक डा. सुफात्रा कोइरालासँग बिहे गरेका छन् । कोइराला दम्पतीका एक छोरी छन् ।

तनहुँ १ बाट निर्वाचित रास्वपा सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भियतनामकी नागरिक सची वाग्लेसँग बिहे गरेका छन् । उनीहरूका एक छोरा छन् ।

काठमाडौं निवासी रास्वपाकी समानुपातिक सांसद सुमना श्रेष्ठले पोल्यान्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छन् । पोल्यान्डको नागरिक भए पनि पावल बेलायतमा बस्छन् । उनीहरूको सन्तान छैन ।

केही सांसद भने बहुविवाहवाला छन् । मुगु १ बाट निर्वाचित कांग्रेस सांसद ऐनबहादुर शाहीका दुई पत्नी छन् । सांसद शाहीले नै उपलब्ध गराएको विवरणअनुसार ऐनबहादुरले वसुना शाही र कमला शाहीसँग बिहे गरेका छन् । उनका चार छोरा र एक छोरी छन् ।

धादिङबाट प्रतिनिधित्व गर्ने राप्रपाका समानुपातिक सांसद बुद्धिमान तामाङ र पर्सा १ का सांसद प्रदीप यादवको पनि दुई पत्नी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यी २४ सांसद जो अविवाहित छन् – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष