NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

पहिरोले एक जनाकाे मृत्यु

डडेल्धुरा । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो ।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पु-याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।