NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मागअनुसार सामूहिक सरुवा नपाएपछि आन्दोलित भए त्रिभुवन भन्सारका कर्मचारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यलयका कर्मचारीहरू आन्दोलित भएका छन् । माग अनुसार आफूहरूको सरुवा नभएको र कार्यालयमा काम गर्ने वातावरण नभएको जानकारी दिँदै उनीहरू विरोधमा उत्रिएका हुन् ।

दैनिक प्रशासनिक कार्यलाई हतोत्साहित गर्ने र कर्मचारीको मनोबल गिराउनेगरी हस्तक्षेप भएको बताउँदै काम गर्न असमर्थ रहेको उनीहरूले जनाएका छन् ।

गत १२ भदौमा सुन प्रकरणका कारण प्रहरीले अनावश्यक दुःख दिएको भन्दै त्रि.वि भन्सारका १३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका थिए ।

उनीहरूले चार बुँदे माग राख्दै आजबाट विरोध सुरु गरेका हुन् । अनुसन्धानका नाममा कानुन अनुसार नियमित काममा खटिएका कर्मचारीमाथिको अनावश्यक धरपकड र पक्राउ गर्ने काम बन्द हुनुपर्ने उनीहरुको माग छ ।

कार्यालयमा उच्च मनोबलका साथ काम गर्न पाउनुपर्ने वातावरण र प्रहरीले गिरफ्तार गर्नुको कारण पनि खुलाउनुपर्ने माग उनीहरुले राखेका छन् । कार्यालयलाई जानकारी नै नदिइ अमनवीय तरिकाले गिरफ्तार गरिएको आन्दोलित कर्मचारीहरूको भनाई छ ।

त्यस्तै, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैक्तिक विवरण सार्वजनिक गर्ने काम पनि बन्द गरिनुपर्ने माग उनीहरुले अघि सारेका छन् । यस्तो कामले अनुसन्धानलाई नै विषयान्तर गरेको र संविधान प्रदत्त गोपनियताको हकको बर्खिलाप भएको जनाइएको छ ।

सुन प्रकरणले बदनामी भोगेपछि भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा