ललिता निवास प्रकरण: साढे ७ लाख धरौटी बुझाउन नसक्दा यी व्यक्ति गए फेरी जेलमै
काठमाडौं । ललिता निवास प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि एक जना भने कारागार चलान भएका छन् ।
नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ धरौटी तिर्न नसकेपछि कारागार चलान भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको भएपनि श्रेष्ठले धरौटी तिर्न सकेनन् ।
अदालतले आइतबार एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।
अदालतले श्रेष्ठसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो । उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले श्रेष्ठले धरौटी जुटाए छुट्न सक्ने, तर नसकेको अवस्थामा फैसला नहुञ्जेलसम्म कारागारमै रहने छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया