ललिता निवास प्रकरण: साढे ७ लाख धरौटी बुझाउन नसक्दा यी व्यक्ति गए फेरी जेलमै

काठमाडौं । ललिता निवास प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि एक जना भने कारागार चलान भएका छन् ।
नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ धरौटी तिर्न नसकेपछि कारागार चलान भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको भएपनि श्रेष्ठले धरौटी तिर्न सकेनन् ।
अदालतले आइतबार एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो ।
अदालतले श्रेष्ठसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो । उनी कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले श्रेष्ठले धरौटी जुटाए छुट्न सक्ने, तर नसकेको अवस्थामा फैसला नहुञ्जेलसम्म कारागारमै रहने छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया