NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आफ्ना पूर्वपिएसओलाई ज्यान मार्ने धम्कीपछि ओली आक्रोशित

काठमाडौं । आफ्ना पूर्वपिएसओलाई कांग्रेसका प्रदेश सांसदले ज्यान मार्ने धम्की दिएपछि नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । सांसदलाई पक्राउ नगरी सरकारले हिंसालाई प्रोत्साहन गरिरहेको उनको आरोप छ ।


ताप्लेजुङका डिएसपी राजन लिम्बुलाई कांग्रेसका प्रदेश सांसद खगेनदसिंह हाङगामले गत शुक्रबार सार्वजनिक रुपमै ज्यान मार्ने धम्की दिएका थिए । तर, सांसदलाई कारबाही भएको छैन । डिएसपी लिम्बु ओली प्रधानमन्त्री हुँदा उनको पिएसओको रुपमा कार्यरत थिए ।
सोमबार एमालेले तेजाब आक्रमणविरूद्धको दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको कार्यक्रममा ओलीले यो विषय उठाएका हुन् ।

‘डिएसपीले गैरकानुनी काममा साथ नदिंदा त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै, तिम्रा बालबच्चा, परिवार सबलाई पनि मार्छौं आदि इत्यादि भन्ने ?’ कार्यक्रममा उनले भने,‘सकार यस्ता कुराहरूलाई प्रोत्साहित गरिरहेको छ। बढाइरहेको छ। मार्छु भनिरहेको छ। सपरिवार मार्छु भनेको छ। त्यस्ता मानिसलाई नियन्त्रणमा लिनु छैन । यो आतंकवादबाहेक केही होइन, यो आतंककारी क्रियाकलापबाहेक केही होइन ।’