कोरीयाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरीयाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।
नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधि सम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।
सो अवसरमा सामसुङका उपाध्यक्ष द्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रवन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया