लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेक हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाेले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया