NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा के छ ? (पूर्णपाठ)

काठमाडौं । लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षा विधेयक संसदमा दर्ता गरेका हुन् । विधेयकमा विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए ।

विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।