अब कांग्रेस नयाँ ढङगले अघि बढ्छ : विश्वप्रकाश शर्मा
जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवाद ः अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए ।
“कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । कांग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ,” उनले भने ।
देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।
उनले भने, “अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन् ।”
जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमा झन्डै आठ सय नेता तथा कांग्रेसका शुभेच्छुकको सहभागिता थियो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया