NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विश्वका उदीयमान सय नेताको सूचीमा बालेन

काठमाडौं । विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह समेटिएका छन् ।

विश्वको प्रतिष्ठित म्याजिन टाइमले सम्भावना बोकेर अगाडि बढेका राजनीति, कला, सिर्जना, विज्ञानलगायत विषयका प्रतिभा खोजेर ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गर्छ । टाइमको यस वर्षको सूचीमा बालेन छानिएका हुन् ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बालेनले आफ्नो काम र सामाजिक सञ्जालमार्फत सकारात्मक प्रभाव छाडिरहेको टाइमले उल्लेख गरेको छ ।

बालेनसँगै युरोपेली संसदका अध्यक्ष रोबर्टा मेट्सोला, स्कटल्याण्डका फस्र्ट मिनिस्टर हम्ला युसुफ, युक्रेनका प्रथम उपप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियेन्का, भारतीय महिला क्रिकेट खेलाडी हर्मनप्रित कौर पनि यो सूचीमा परेका छन् ।