NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रहरीमा पाँच एसएसपीको दरबन्दी थपको प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)का पाँच दरबन्दी थपको प्रस्ताव अघि बढाएको छ । विभिन्न देशमा सहचारी खटाउन दरबन्दी थपको प्रस्ताव अघि बढेको हो ।

प्रहरीले संयुक्त राष्ट्रसंघ, चीन, मलेसिया, सायदी अरेयिबा वा संयुक्त अरब इमिरेट्स तथा स्पेनमा एसएसपी तहको कर्मचारीलाई प्रहरी सहचारी राख्न पत्राचार गरेको हो । अन्तरदेशीय अपराधको अनुसन्धान र नियन्त्रणका लागि सहचारी खटाउनुपर्ने प्रहरीको माग छ । हाल भारतमा मात्र नेपाल प्रहरीका सहचारी खटिन्छन् । विगतमा सहचारी खटाउने प्रहरीको प्रस्ताव असफल हुँदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष