अन्तिममा म आफैँ बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई बालबालिका प्यारा लाग्ने बताएका छन् ।
आज बाल दिवशका दिन बालबालिकालाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेशबुकमा बालबालिकासँगका तस्विर सेयर गर्दै ओलीले उनिहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।
उनले आफु बालबालिकाप्रति आकर्षित हुने गरेको पनि उल्लेख गरेका छन् । ‘म कहिलेकाहीं सोच्छु, म बालबालिकासँग आकर्षित हुन्छन् कि बालबालिका मसँग आकर्षित हुन्छन् ? अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु,’ ओलीले लेखेका छन् ।
उनले आफु धेरै बाँचेको र अब छोटो समय बाँच्नु रहेको बताए । ओलीले बालबालिकासँग लामो समय रहेकाले हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ आफुलाई बालबालिका प्यारा लाग्ने गरेको बताए ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया