अन्तिममा म आफैँ बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई बालबालिका प्यारा लाग्ने बताएका छन् ।
आज बाल दिवशका दिन बालबालिकालाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेशबुकमा बालबालिकासँगका तस्विर सेयर गर्दै ओलीले उनिहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।
उनले आफु बालबालिकाप्रति आकर्षित हुने गरेको पनि उल्लेख गरेका छन् । ‘म कहिलेकाहीं सोच्छु, म बालबालिकासँग आकर्षित हुन्छन् कि बालबालिका मसँग आकर्षित हुन्छन् ? अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु,’ ओलीले लेखेका छन् ।
उनले आफु धेरै बाँचेको र अब छोटो समय बाँच्नु रहेको बताए । ओलीले बालबालिकासँग लामो समय रहेकाले हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ आफुलाई बालबालिका प्यारा लाग्ने गरेको बताए ।





ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया