विना खर्च काठमाडौंमा घर, यस्तो छ ईसेवाको अफर

काठमाडौं । तपाईको भाग्य बलियो छ भने काठमाडौंमा घर बनाउन धेरै भौतारिनु पर्दैन । तपाईले नेपालमा रेमिट्यान्स पठाउँदा ईसेवा मनिट्रान्सफरलाई रोजे पुग्छ । आइतबार “मेरो डिजिटल देश” अभियानलाई प्रभावकारी बनाउन भन्दै ईसेवाले यस्तो अफरको घोषणा गरेको हो ।
ईसेवाले २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ( “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरी पनि काठमाडौँमा घर योजना सार्वजनिक गरेको हो। यो अभियान असोज १ बाट सुरु भएर ३१ असार २०८१ सम्म जारि रहने कम्पनीले जनाएको छ ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने उदेश्यले यो अभियान सुरु गरिएको हो।
साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।
यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नसक्नेछन् ।
अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो।
प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं।”
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । उनले आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन समेत आग्रह गरे ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए ।
उनले भने, यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।
ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
प्रतिक्रिया