नेप्से परिसूचकमा सामान्य बृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ ।
कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।
यस्तै, एनआइसी एशिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट टेडिङ कर्पोरेशन तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५,एभरेष्ट बैंक तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल नौ दशमलब ९९, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९८, भूगोल इनर्जी डेभलपमेन्ट आठ दशमलव ७२, आरबीबी म्युचुअल फण्ड दोस्रो सात दशमलव ९४ र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ७७ प्रतिशतले बढेको छ ।
साथै शुभम पावर नौ दशमलब ९९, पिपुल्स पावर चार दशमलव ९६, समता घरेलु लघुवित्त तीन दशमलव ५१, सप्तकोशी डेभलपमेन्ट बैंक तीन र गुराँस लघुवित्तको शेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया