NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० असोज ९ गते

संजय भण्डारीले न्यायाधीशलाई भने–मैले चार जना मारेकै हो

काठमाडौं । गत शुक्रबार बेलुका काठमाडौंको तिनकुनेस्थित दिव्या स मिलमा चार जनाको सामूहिक हत्या गर्ने संजय भण्डारीलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको छ । न्यायाधीशसँग पनि अभियुक्त भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् ।

दोभाषे मार्फत जिल्ला अदालतका न्यायाधीशले घटनाका बारेमा उनीसँग सोधपुछ गरेका थिए । जस क्रममा उनले गर्वका साथ हत्या स्वीकार गरेको एक प्रहरी अधिकारीले बताए । न्यायाधीशले करिब ४५ मिनेट लिएर उनले कुरा गरेका थिए । सोधुपुछमा उनले ‘मैले चार जनालाई मारेकै हो’ भनेर बताएका थिए । उनको कुरा सुनेपछि हिरासतभित्रै पनि उनले कुनै अपराधिक गतिविधि गर्न सक्ने भएकाले चनाखो कुन प्रहरीलाई भनेका छन् ।

अदालतले उनलाई सात दिन थुनामा राख्न म्याद दिएको छ । धनकुटाका दीपेन्द्र राईसँग सामान्य विवादको प्रतिशोधमा उनले सो हत्या गरेका हुन् । सुरुमा राईलाई हत्या गरेको र अन्यले देखेपछि उनीहरुलाई पनि खुकुरीले हानेर क्रुर हत्या गरेका थिए । उनी जन्मजात सुन्न र बोल्न सक्दैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष