विज्ञान प्रविधिको प्रयोग बिना मुलुकको विकास असम्भव : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताए । उनले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले विज्ञान अत्यन्तै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताए। उनले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताए ।
उनले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा राखे । उनले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भने, ‘कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।’
उनले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिँदा विकास निर्माण अघि नबढेको भन्दै विज्ञान प्रविधि आवश्यक रहेको भनाइ राखे । उनले भने, ‘हामी ती पुर्खाका सन्तान हौँ जसको ‘जेनेटिक मेमोरी’ले काम गर्न सक्दछ । हाम्रो जीवनमा हाम्रा वैज्ञानिक पुर्खाको रगत रहेको छ । त्यसले गर्दा हामी छिट्टै जान्न र सिक्न सक्दछौँ ।’
उनले मासुमा आत्मनिर्भर भनिएको भए पनि विदेशबाट ट्रकका ट्रक खसी आउने गरेको बताए । ‘आत्मनिर्भर त भन्छौँ । दशैँका लागि थुप्रै फर्मले खसीबोका हुर्काइरहेका होलान् । मेरा आँखा अगाडिबाट ट्रकका ट्रक खसी बोका आइरहेका छन् भने कसरी पत्याउने मासुमा आत्मनिर्भर छौँ भनेर ?’, उनले भने ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया