NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २५ गते

जनताका गुनासो सुन्न जिल्ला–जिल्लामा खटिदैं रास्वपाका नेता, को कहाँ जाने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताका गुनासो सुन्न पार्टीका केन्द्रीय नेताहरूलाई जिल्ला–जिल्लामा खटाउने भएको छ ।

पहिलो चरणमा पार्टी सभापति रवि लामिछानेसहित १९ जना नेता १९ जिल्लामा खटिने भएका छन् ।

यो जन आवाज सुन्ने कार्यक्रम अन्तर्गत उनीहरूले असोज ३ गतेदेखि ७ गतेसम्म आफू पुगेका जिल्लाबाट जनताका गुनासो संकलन गरेर ल्याउनुपर्ने छ ।

त्यसकाे लागि  पार्टीले विराज भक्ता श्रेष्ठलाई बैतडी, सुमना श्रेष्ठलाई टिकापुर, शिरि अनाललाई रसुवा, मनिस झालाई पर्वत, गणेश पराजुलीलाई ओखलढुंगा, रोमश प्रसाईंलाई सुर्खेतमा खटाउने भएको छ ।

कपिलवस्तुमा सन्तोष परियार, संखुवासभामा विपिन आयार्य, डोटीमा डा.तोसिमा कार्की, सोलुखुम्बुमा हरि ढकाल र रौतहटमा कमल सुवेदी जानेछन् ।

अर्कोतर्फ कविन्द्र बुर्लाकोटीले कञ्चनपुर, डा.स्वर्णिम वाग्लले तनहुँ, गणेश कार्कीले सिन्धुपाल्चोक, क्रान्तिशिखा धितालले खोटाङ र शंकर श्रेष्ठले इलामका जनताका गुनासो संकलन गर्ने जिम्मेवारी पाएका छन् ।