भीआईपीलाई मापदण्डविपरीत दिएको सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भीभीआईपी तथा भीआईपीहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा फिर्ता गर्न निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति रामहरि खतिवडाले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन भनेको जानकारी दिए ।
यस्तै समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले उक्त निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।
प्रतिक्रिया