NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आज न्युयोर्कबाट सिधै चीन जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार न्युयोर्कबाट सिधै चीन जाँदैछन्।

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राति साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

सात दिनका लागि चीनको औपचारिक भ्रमणमा जाने लागेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङ र जनसंसद्का अध्यक्ष झाओ लेइजीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा परिषद्का सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सहभागी हुनेछन् ।

भ्रमण दलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, अर्थ मन्त्रालका अधिकारी तथा उद्योगी–व्यवसायी सहभागी हुनेछन् ।

न्युयोर्कबाट परराष्ट्रमन्त्री साउद, परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोली हाङझाउ पुग्नेछ । बेइजिङबाट नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्रीलाई हाङझाउमा स्वागत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड सुरुमा १९औँ एसियन खेलमा सहभागी हुनेछन् ।