क्यानको अध्यक्षमा दोहोरिए चतुरबहादुर चन्द, सचिवमा पारस र प्रशान्तविक्रम भिड्ने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द पुन: दोहोरिएका छन् ।
नयाँ नेतृत्वका लागि आज शनिबार नयाँबानेश्वरको एभरेष्ट होटलमा भएको निर्वाचन प्रक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।
त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ। क्यानको निर्वाचनका निर्धारण गरिएको समय अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन्। उनी यसअघि कोषाध्यक्ष थिए ।
कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।
क्यानको सचिव पदमा भने पारस खड्का र प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। पारसले चतुरबहादुर चन्द प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन्। उनी केही अघिमात्रै बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए।
क्यानको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन, कसले मार्ला बाजी ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया