नक्कली भुटानी शरणार्थी प्रकरण: कानुनमन्त्री गुरुङले भने- न्यायाधीश सरुवामा मेरो हात छैन्
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीश सुरुवा आफुले नगरेको प्रष्टिकरण दिएका छन् ।
मन्त्री गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको दाबी गरिएको छ ।
विज्ञप्तीमा न्यायाधीश सरुवामा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको भनिएको छ ।
नक्कल भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई रुकुममा सरुवा गरिएको थियो ।
प्रकरणमा थुनामा रहेका नेताहरुले प्रतिसोध साध्न कानुनमन्त्री गुरुङमार्फत उनको सरुवा गराएको आरोप लगाइएको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया