NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नक्कली भुटानी शरणार्थी प्रकरण: कानुनमन्त्री गुरुङले भने- न्यायाधीश सरुवामा मेरो हात छैन्

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीश सुरुवा आफुले नगरेको प्रष्टिकरण दिएका छन् ।

मन्त्री गुरुङको सचिवालयले जारी गरेको विज्ञप्तीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको दाबी गरिएको छ ।

विज्ञप्तीमा न्यायाधीश सरुवामा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको भनिएको छ ।

नक्कल भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई रुकुममा सरुवा गरिएको थियो ।

प्रकरणमा थुनामा रहेका नेताहरुले प्रतिसोध साध्न कानुनमन्त्री गुरुङमार्फत उनको सरुवा गराएको आरोप लगाइएको थियो ।

May be an illustration of text