अझै किन सडकमा छन् शिक्षक ?
काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूका माग सम्बोधन नगरेको भन्दै आन्दोलन जारी राखेका राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकले सोमबार काठमाडौंका सडकमै सुतेर विरोध गरेका छन् । आफूहरूका माग सम्बोधन नगरेको भन्दै राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकले फरक तरिकारले दबाब दिएका हुन् ।
बानेश्वरको बीचसडकमा करिब दुई घन्टासम्म सुतेर उनीहरूले दबाब दिएका थिए । सरकारले अन्य स्थायी, करार, अस्थायीलगायत शिक्षकको माग सम्बोधन गर्नेबारे सहमति गरे पनि त्यसमा आफूहरूका माग नसमेटिएको आन्दोलनरत शिक्षकको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।
सरकार र नेपाल शिक्षक महासंघले एकलौटी ढंगले वार्ता गरेको र आफूहरूका माग सम्बोधन नगरेको राहत शिक्षक संघको आरोप छ । संघका अनुसार ३६ हजारभन्दा बढी बाल विकास, करिब ४० हजार राहत र पेन्सनबाट वञ्चित हुने अवस्थामा रहेका पाँच हजारभन्दा बढी शिक्षक आन्दोलनमै छन् । उनीहरूले आफ्नो पेसागत सुरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया