ईःसँग शीघ्र वार्ता गरेर समस्या समाधान गर्न डा. बाबुराम भट्टराईको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अभियन्ता ईः सँग तत्काल वार्ता गरेर उनले उठाएका जायज माग पूरा गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।
सहरका गरिब र सडक व्यवसायीको समस्या उठाएर शान्तिपूर्ण विरोध गरिरहेका ईःसँग संवाद गर्न काठमाडौं महानगरपालिकाले ठोस प्रयास नगरिरहेका बेला भट्टराईले यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
‘१९९ घण्टा लगातार काठमाडौं महानगरपालिका कार्यालय बाहिर उभिएर सहरका गरीब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ‘ई’लगायतका सत्याग्रहीहरूसँग यथाशिघ्र वार्ता गरेर समस्या समाधान गरियोस्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं महानगरपालिकाले विकल्प नदिई फुटपाथका व्यापारीलाई हटाएको विरोधमा ईः लगायतका सामाजिक अभियन्ता आठ दिनदेखि काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको कार्यालय रहेको राष्ट्रियसभा गृह अगाडि उभिएर प्रदर्शन गराइरहेका छन् । उपमेयर सुनिता डंगोलले १८८ घण्टापछि मंगलबार बिहान ईःलाई भेटे पनि महानगरपालिकाले औपचारिक संवाद र छलफलका लागि अहिलेसम्म ठोस कदम चालेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया