ईःसँग शीघ्र वार्ता गरेर समस्या समाधान गर्न डा. बाबुराम भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अभियन्ता ईः सँग तत्काल वार्ता गरेर उनले उठाएका जायज माग पूरा गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।
सहरका गरिब र सडक व्यवसायीको समस्या उठाएर शान्तिपूर्ण विरोध गरिरहेका ईःसँग संवाद गर्न काठमाडौं महानगरपालिकाले ठोस प्रयास नगरिरहेका बेला भट्टराईले यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
‘१९९ घण्टा लगातार काठमाडौं महानगरपालिका कार्यालय बाहिर उभिएर सहरका गरीब र सडक व्यवसायीहरूको समस्या समाधान गर्नुपर्ने माग उठाइरहेका ‘ई’लगायतका सत्याग्रहीहरूसँग यथाशिघ्र वार्ता गरेर समस्या समाधान गरियोस्,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं महानगरपालिकाले विकल्प नदिई फुटपाथका व्यापारीलाई हटाएको विरोधमा ईः लगायतका सामाजिक अभियन्ता आठ दिनदेखि काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको कार्यालय रहेको राष्ट्रियसभा गृह अगाडि उभिएर प्रदर्शन गराइरहेका छन् । उपमेयर सुनिता डंगोलले १८८ घण्टापछि मंगलबार बिहान ईःलाई भेटे पनि महानगरपालिकाले औपचारिक संवाद र छलफलका लागि अहिलेसम्म ठोस कदम चालेको छैन ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया