ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
काठमाडौं । वैदेशिक रोजगारको लागि टर्की पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाई टर्कीमा गएको भूकम्प पश्चात पुनः निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेको थिए । वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो । ठगी गर्नेमा अरु पनि भएको पीडितहरु पनि धेरै हुन सक्ने प्रहरीले जनाएको छ ।
उनीहरुले दुई महिनाअघि टर्कीमा गएको भूम्कपलाई ठगीको औजार बनाई पैसा उठाएका थिए । विश्वासमा पार्न नक्कली कागजपत्र बनाएका थिए।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया