कृषि क्याम्पसले माग्यो शिक्षक र कर्मचारी
काठमाडौं । गौरादह कृषि क्याम्पसले विभिन्न विषयका लागि करारमा चार शिक्षक र तीन कर्मचारी माग गरेको छ ।
बुधबार सूचना प्रकाशित गर्दै त्रिवि अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पस, झापाका लागि शिक्षक र कर्मचारी माग गरेको हो ।
गौरादह कृषि क्याम्पसका लागि करार सेवामा शिक्षण सहायक कृषि अर्थशास्त्र १, बाली विज्ञान १, बागवानी १ र माटो विज्ञानका लागि १ शिक्षक माग भएको हो । त्यस्तै क्याम्पसको कर्मचारीतर्फ प्राविधिक सहायक (प्रयोगशाला) का लागि २ र पुस्तकालय सहायकमा १ कर्मचारी माग गरिएको छ ।
इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया