कृषि क्याम्पसले माग्यो शिक्षक र कर्मचारी

काठमाडौं । गौरादह कृषि क्याम्पसले विभिन्न विषयका लागि करारमा चार शिक्षक र तीन कर्मचारी माग गरेको छ ।
बुधबार सूचना प्रकाशित गर्दै त्रिवि अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पस, झापाका लागि शिक्षक र कर्मचारी माग गरेको हो ।
गौरादह कृषि क्याम्पसका लागि करार सेवामा शिक्षण सहायक कृषि अर्थशास्त्र १, बाली विज्ञान १, बागवानी १ र माटो विज्ञानका लागि १ शिक्षक माग भएको हो । त्यस्तै क्याम्पसको कर्मचारीतर्फ प्राविधिक सहायक (प्रयोगशाला) का लागि २ र पुस्तकालय सहायकमा १ कर्मचारी माग गरिएको छ ।
इच्छुक र योग्य व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क
-
एमालेले कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी गर्दै
-
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुन : काठमाडौँमा आकस्मिक अवतरण
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
प्रतिक्रिया