१३ जना महिला उद्यमीहरूलाई ‘बिउ पूँजी’ दिँदै बागमती सरकार, कसरी दिने निवेदन ?
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १३ जना महिला उद्यमीहरूलाई बिउ पूँजी उपलब्ध गराउने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला उद्यमीहरुको निवेदन माग गरेको जनाएको छ ।
महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को दफा ४ बमोजिम उद्यमी महिलाहरुलाई सुरुवाती ऋण (बिउ पूँजी ) दिन लागिएको मन्त्रालयले जनाएको छ ।
इच्छुक महिला उद्योमीहरुले असोज २५ गते भित्र सम्बन्धित स्थानीय तहमा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । एक स्थानीय तहबाट एक जना उद्योमी मात्र सिफारिस गर्नुपर्ने र सिफारिस भइसकेपछि मूल्यांकनमार्फत छनोट गरिने सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया