NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

१३ जना महिला उद्यमीहरूलाई ‘बिउ पूँजी’ दिँदै बागमती सरकार, कसरी दिने निवेदन ?

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १३ जना महिला उद्यमीहरूलाई बिउ पूँजी उपलब्ध गराउने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै चालू आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला उद्यमीहरुको निवेदन माग गरेको जनाएको छ ।

महिला उद्यमशीलता विकास वित्तीय पहुँच, टेवा पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०७७ को दफा ४ बमोजिम उद्यमी महिलाहरुलाई सुरुवाती ऋण (बिउ पूँजी ) दिन लागिएको मन्त्रालयले जनाएको छ ।

इच्छुक महिला उद्योमीहरुले असोज २५ गते भित्र सम्बन्धित स्थानीय तहमा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । एक स्थानीय तहबाट एक जना उद्योमी मात्र सिफारिस गर्नुपर्ने र सिफारिस भइसकेपछि मूल्यांकनमार्फत छनोट गरिने सूचनामा उल्लेख छ ।