अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाइने

काठमाडौं । अब बैङ्कहरूले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एक सर्कुलर जारी गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।
यसभन्दा अगाडि दैनिक १० किलो सुन आयात गर्न सकिने व्यवस्था थियो । यता राष्ट्र बैङ्कले कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिना आयात गर्न भने नपाइने उल्लेख गरको छ । हामीले यो समाचार आजको गोरखापत्र दैनिकबाट लिएका हौँ ।
व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् ९साउन महिना० पश्चात्का महिनामा आयात गर्न नपाइने राष्ट्र बैङ्कको भनाइ छ ।
तर कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा नपर्ने राष्ट्र बैङ्कको एकीकृत परिपत्रमा उल्लेख छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया