NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

व्यवसायिक तालिमका लागि सरकारले माग्यो आवेदन, के-के सिक्न पाइन्छ ?

काठमाडौं । नेपाल सरकारले भविष्यमा उद्यम तथा व्यवसाय गर्न चाहनेहरुका लागि विभिन्न तालिम दिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको वार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि सो तालिमको व्यवस्था गरेको हो ।

केन्द्रले सूचना जारी गर्दै हाउस वायरिङ्ग, उद्यमशीलता विकास, खाद्य प्रशोधन, प्याट्रन सिलार्य, फेसन डिजाइन, कृष्टल सामाग्री उत्पादन, व्युटिसियन, प्लम्बिङ्ग, मोबाईल ममर्त जस्ता तालिम दिने जानकारी गराएको हो ।

त्यस्तै केन्द्रले दिने तालिममा मोटरसाइकल मर्मत, कफि करिष्टा, बाँसजन्य सामाग्री बनाउने, गुडिया बनाउने, बारबर, साबुन बनाउने, कम्प्युटर विधिबाट काठ काट्ने, लेजर विधिबाट काठ काट्ने, कम्प्युटर मर्मत रहेका छन् ।

इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।